अब विराटनगरमै कोरोना संक्रमणको परीक्षण हुने - Crazysaptahik.com

अब विराटनगरमै कोरोना संक्रमणको परीक्षण हुने

क्रेजी साप्ताहिक
मोरङ । अब विराटनगरमा पनि कोरोना भाइरसको संक्रमण परीक्षण हुने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को शुक्रबार निरीक्षण गरेका छन् । त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए ।

कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संभवत शुक्रबार साँझदेखि परीक्षण शुरु गर्ने तयारी भएको बताइन् । ‘हामीले लगभग तयारी पूरा गरेका छौं’ उनले भनिन् ‘स्याम्पल आयो भने सम्भवतः आज साँझ परीक्षण गर्न सक्छौं ।’ प्रदेश सरकारले कोशी अस्पताल अन्तर्गत नै कोराना विशेष अस्पताल पनि सञ्चालन गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.