बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ - Crazysaptahik.com

बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

क्रेजी साप्ताहिक झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–१ हिमाली चेक बस्ने पारस सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.