
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि आज पथरी शनिश्चर इसाइ समाजले ३६ हजार ३ सय नगद प्रदान गरेको छ ।
समाजका नगर अध्यक्ष डेविट राई सहितले नगरको समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई सो नगद हस्तान्तरण गर्नुभयो ।

