सिकाई केन्द्रद्वारा सहयोग - Crazysaptahik.com

सिकाई केन्द्रद्वारा सहयोग

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अति आवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि ३ नम्वर वडास्थित सामुदायिक सिकाई केन्द्रले ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

केन्द्रकी कर्मचारी जानुका राउतले समन्वय समितिकी सदस्य एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई केन्द्रको तर्फबाट उपलब्ध ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

यस्तैगरी, पथरी शनिश्चरे १० जिरिखिम्तीका मदन पोखरेलले आफ्ना बुबा हरिप्रसादको स्मृतिमा सोही वडामा अवस्थित भूटानी शरणार्थीहरुका लागि ३ सय ५० केजी नून प्रदान गर्नुभएको छ । उहाँले शिविर व्यवस्थापना समितिका सचिव चम्पासिंह राईलाई नून हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.