किराना पसलमा ताला - Crazysaptahik.com

किराना पसलमा ताला

क्रेजी साप्ताहिक
पथरी । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे २ स्थित प्रगति टोलको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ ।

नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघ तथा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले आज त्यहाँ छड्के अनुगमन्का क्रममा कालोबजारी गरेको पाएको हो ।

चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट आज १ सय १० रुपैयाँ किलोग्रामको मुसुरी दाललाई १ सय ४० र ४० को सुजीलाई ४५ रुपैयाँमा विक्री गरेको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट वास्तोलाले बताउनुभयो ।

पसल सञ्चालकलाई बढी मुल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन् टोलीले अत्यावश्यकीय खाद्यान्नहरुमा मूल्य वृद्धी नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन् गरिरहेको छ ।

https://www.youtube.com/watch?v=xsfGDl6hNi8

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.