
क्रेजी साप्ताहिक
पथरी । राष्ट्रिय युवा संघ मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न स्वास्थ्यकर्मीहरुलाइ स्वाव कलेक्सन बुथ बितरण गरेको छ ।
वुधवार मोरङको बेलबारी नगरपालिकामा अवस्थित नगर अस्पताल र सुन्दरहरैचा नगरपालिका स्थित पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेसन वार्डलाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।
संगठनले मोरङका अन्य अस्पताललाइ समेत सामाग्री हस्तान्तरण गर्ने तयारी सुरु गरेको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन ईटहरी च्याप्टरले प्राविधिक सहयोग गरे सँगै सो बुथ वितरण गरिएको संघका केन्द्रीय सदस्य बिजय डाँगीले बताए ।

