र्यापिड टेस्टमा पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन - Crazysaptahik.com

र्यापिड टेस्टमा पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

क्रेजी साप्ताहिक
मोरङ । र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए । यसअघि झापाको हल्दीबारीमा बुधबार ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि ती युवकसहित उनको परिवारका सदस्य र आफन्तसहित २१ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । अरुको भने रिपोर्ट आउन बाँकी छ । हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर