क्रेजी साप्ताहिक रामेछाप । बुधबार साँझसम्म रामेछापका ३७ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । शंकास्पद व्यक्तिहरूको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् । जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
बुधबार रामेछाप नगरपालिकामा ६ जना र मन्थली नगरपालिकामा ४ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले बताए । कर्णका अनुसार, क्वारेन्टाइनमा बसेका मन्थली नगरपालिकाका ९, रामेछाप नगरपालिकाका २३ र लिखुतामाकोशी गाउँपालिकाका ५ जनाको परीक्षण गरिएको हो । वैशाख ८ गतेसम्म जिल्लाका ७ वटा पालिकाहरूमा क्वारेन्टाइनमा बसेकोहरूको परीक्षण गरिने कार्यालयले जनाएको छ ।