
सामुहिक रुपमा माक्स र सेनिटाइजर प्राप्त गरिसकेपछि पथरीशनिश्चरेका सञ्चारकर्मीहरु ।
क्रेजी साप्ताहिक
पथरी । नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरङ र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण गरेको छ ।
सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई वितरण गरियो । यस्तै मोरङको पथरीका सञ्चारकर्मीहरुका लागि २० वटा सेनिटाईजर र १ सय मास्क नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतलाई सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासघको तर्फबाट पत्रकार रबिन भट्टराईले प्रदान गर्नुभयो ।
यस्तैगरी दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क र झापाका अन्य स्थानका सञ्चारकर्मीलाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापा मार्फत दिइएको प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताउनुभयो ।
पत्रकार महासंघ प्रदेशलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सामग्री उपलब्ध गराउनु भएको हो ।

