
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि गठित ‘प्रहरीको साथी म’ मा आवद्ध युवाहरुलाई नगरपालिकाको तर्फबाट सेनिटाइजर वितरण गरिएको छ ।
नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले कोरोना भाइरसको संक्रमणबाट बच्न हातमा लगाउने किटनाशक सेनिटाइजर वितरण गर्दै आएको छ ।
यसक्रममा, वैशाख ११ गते वडा नम्बर ८ का ‘प्रहरीको साथी म’ मा आवद्ध १० जनालाई १० वटा सेनिटाइजर वितरण गरिएको छ । ३ नम्वर वडाको ‘प्रहरीको साथी म’लाई पनि सेनिटाइजर, मास्क र ग्लोब वितरण गरिएको र अन्य वडाका लागि पनि वितरण गरिने उपप्रमुख वास्तोलाले जनाउनु भयो । टोलीले लकडाउनको अनुुगमन् समेत गरेको छ ।
https://www.youtube.com/watch?v=s-qaQWYMd3k

