शनिश्चरे शरणार्थी शिविरमा राहत वितरण (भिडियो सहित) - Crazysaptahik.com

शनिश्चरे शरणार्थी शिविरमा राहत वितरण (भिडियो सहित)

क्रेजी अनलाइन
पथरी । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि विगत १ महिना देखि लकडाउन जारी छ । जनजीवन कष्टकर रहेपनि राहत वितरणको कार्य भने भइरहेको छ ।

मोरङको पथरीशनिश्चरे–१० मा स्थापित भूटानी शरणार्थी शिविरमा समेत विभिन्न चरणका राहत वितरण भइरहेको छ । आज पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविर क्याम्पमा रहेको आपधारा निर्माण समूहको समन्वय र तेस्रो मुलुकमा रहेका शरणार्थीहरुको आर्थिक सहयोगमा १ सय २० परिवारलाई राहत वितरण गरिएको छ ।

३० केजी चामल, १ लिटर तेल, नुन र सोयाविन सहितको राहत प्याकेज वितरण भएको हो । शिविरमा हाल जम्मा ५ सय १२ घर परिवार रहेका छन् । ती मध्ये केहिले यसअघि नै राहत प्राप्त गरिसकेका छन् भने केही बाँकी रहेको क्याम्प सचिव चम्पासिंह राईले जानकारी दिनुभयो ।

विगतका समयमा विभिन्न दातृ संस्थाहरुले रेखदेख गर्दै आएको यस क्याम्पमा गत वर्षबाट सम्पूर्ण सहयोग स्थगित भएका छन् जसका कारण दैनिक मजदुरी नगरी जीवन धान्न कठिन बन्दै गएको हो ।

सन् १९९० पछि नेपालमा रहेका नेपाली भाषी भूटानीहरुलाई नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा राखेको थियो । त्यस समय करिब एक लाखको संख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो र पछि संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरले उनीहरूको व्यवस्थापनको जिम्मा लियो । अन्य विभिन्न दातृ निकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सहयोग गर्यो ।

तर हाल यी सवै सहयोग बन्द भएका छन् । पथरी शनिश्चरेको शिविरमा मात्र २४ हजार बढीको बसोबास रहेकोमा तेस्रो मुलुक पुर्नस्थापना पछि हाल यस क्षेत्रमा १६ सयको हाराहारीमा बसोबाँस रहेको छ ।

राहत वितरणको भिडियो हेर्नुहोस् :-

 

सम्बन्धित खवर