
क्रेजी साप्ताहिक
कानेपोखरी । लकडाउनको कारण काठ्माडौंमा लामो समयदेखि विचल्लीमा परेका कानेपोखरी गाउँपालिकाको १ सय २० जना नागरीक घर आइपुगेका छन् ।
काठ्माडौंबाट कानेपोखरी ल्याउनको लागि कानेपोखरी गाउँपालिकाले समवन्य गरेपछि आइतबार उनीहरु घर आइपुगेको हो । काठ्माडौंबाट चन्द्र फुयल (बद्री), रोहित भट्टराई र गोपाल कोइरालाले कानेपोखरी पठाउन सहयोग गरेका थिए । कानेपोखरी ल्याउन वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ र युवा नेता भोला अधिकारीले पहल गरेका थिए ।
आइतबार विहान वडा नं. ७ को अस्थाई प्रहरी चौकी अगाडीको मैदानमा आफ्नो क्षेत्रका जनतालाई पालिकाका उपाध्यक्ष राजमती इङनाम, वडाध्यक्षहरु चरण गुरुङ, खड्ग बस्नेत र मोहन प्रसाद अधिकारीले स्वागत गरेका थिए ।
सात वटा हाईएस(मिनि बस) बाट घर फर्किन चाहने नागरिकलाई ल्याएका हुन् । काठमाडौबाट आएको सात वटै हाईएस(मिनि बस)लाई समेत सेनिटाइज गरिएको थियो । विहान कानेपोखरी आइपुगेका सबैलाई स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डरी लगाएतको स्वास्थ टोलीद्धारा ज्वरो पनि नापिएको थियो ।
उनिहरुलाई सामाजिक दुरी कायम गर्दै गाउँपालिकाले सेनिटाइजसर लगाइदिर्दै पानी, फ्रुटी र विस्कुट वितरण गरिएको थियो । स्वागत तथा व्यवस्थापनमा लायन्स अफ कानेपोखरीका अध्यक्ष कुमार फुयल र सचिव गणेश सुवेदीले सहयोग गरेका थिए ।
कानेपोखरी गाउँपालिका आएका सम्पूर्ण नागरीकलाई होम क्वारेन्टाइनमा आजैदेखि बस्न स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले आग्रह गरेका थिए । काठ्माडौबाट घरआएका १२० जना नै होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरदेखि बाहिर निस्कीए वा हिडडुल गरेमा पक्राउ गरी टाँडीको क्वारेन्टाइनमा लगिने उपाध्यक्ष इङ्नामले बताइन् ।

