लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय - Crazysaptahik.com

लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले सञ्चारकर्मीलाई बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ।

पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो ।

–कान्तिपुरबाट

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.