
क्रेजी साप्ताहिक
पथरी । कुशे शनिश्चरे हङकङ समाजले मोरङको पथरी शनिश्चरे नगर स्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाई १ लाख ७८ हजार रकम सहयोग पठाएको छ ।
पथरी शनिश्चरे–९मा अवस्थित कुशेबाट हङकङमा बसोबास गर्दै आएकाहरुबाट प्राप्त सो नगद रकम समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई हस्तान्तरण गरिएको छ ।
९ नम्वर वडाध्यक्ष एवम् वडास्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण एवम राहत व्यवस्थापन तथा वितरण समिति संयोजक भानुभक्त राई, समितिका सदस्य देवेन्द्र वनेम र सुमन लिम्बु मार्फत रकम हस्तान्तरण भएको हो ।
समितिका अध्यक्ष युवराज लिम्बु, उपाध्यक्ष रविन योङया लिम्बू, सचिव विजय सुब्बा, सहसचिव सोहन राई, कोषाध्यक्ष सन्त लिम्बू तथा सदस्यहरु योगराज लिम्बू, नरेश लाल्वो, अमृत कुरुङवाङ लिम्बूले आफु आफुले रकम संकलन गर्नुभएको हो ।
यसरी रकम संकलन गर्ने अन्यमा समिति सदस्यहरु पर्वत मादेन लिम्बू, विदुरकुमार लिम्बू, नदिन लिम्बू, सुजा नेम्वाङ, विजय सुब्बा, चिजा लिम्बू, गायत्री लिम्बू, सन्तोष राई र राधिका लिम्बू रहनु भएको छ । सो रकम समन्वय समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ‘एनआइसी एशिया बैंक’को खातामा जम्मा गरिएको छ ।

