
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै बस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सृजना नगर्न नगरपालिका कार्यालयले थप राहत वितरण गरेको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको अगुवाईमा आज वडा नम्वर ४, ८, ९ र १० मा थप ३/३ हजार केजी चामल सहितका राहत सामग्री वडा कार्यालयमा पु¥याइएको छ । भोलि बाँकी वडामा राहत पु¥याइने नगर उपप्रमुख एवम् राहत वितरण तथा व्यवस्थापन समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिनुभयो ।

थप ३० हजार केजी चामल सहितको राहत व्यवस्थापन गरी वडा वडामा वितरण गरिने समन्वय समितिको निर्णय अनुरुप १० वडाका लागि प्रति वडा ३ हजार केजीका दरले चामल सहितको राहत वितरण कार्य अघि बढेको हो ।

