पथरी शनिश्चरेमा प्रथम चरणको थप राहत वितरण - Crazysaptahik.com

पथरी शनिश्चरेमा प्रथम चरणको थप राहत वितरण

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सृजना नगर्न नगरपालिका कार्यालयले थप राहत वडा कार्यालयमा पु¥याउने काम सम्पन्न गरेको छ ।


कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको अगुवाईमा हिजोदेखि सुरु भएको वडा वडामा राहत पुर्याउने काम आज सम्पन्न भएको नगर उपप्रमुख एवम् राहत वितरण तथा व्यवस्थापन समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिनुभयो ।

१० वटा वडामा खानको समस्या परेकाहरुका लागि थप ३,३ हजार केजी चामल सहितका राहत सामग्री वडा कार्यालयमा पुर्याइएको हो ।

यस अघि नगरमा पहिलो पटक ४ हजार ३ सय ४ लाई राहत वितरण गरिएको थियो । त्यसपछि छुटपुटका लागि थप ५ सय परिवार गरी ४ हजार ८ सय ४ जनालाई राहत दिइसकिएको छ । अवको राहत वडाले अतिआवश्यक पर्नेहरुका लागि आफैं अनुगमन् गरेर वितरण गर्नेछ ।

भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर