
कुवेतमा एकैदिन १० जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधवार थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १० नेपालीसहित ३ सय जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ हजार ७ सय ४० पुगेको छ ।
अहिलेसम्म १ हजार ३ सय ८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म २३ जनाको मृत्यु भैसकेको छ ।
संक्रमित नेपालीहरु सबैको सामान्य अवस्थामा उपचार भैरहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । कोरोना सङ्क्रमित सबैको उपचार कुवेत सरकारले नै आफ्ना नागरिक सरह नै गरिरहेको दूताबासले जनाएको छ ।

