शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाखको क्षति - Crazysaptahik.com

शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाखको क्षति


क्रेजी साप्ताहिक
दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३:३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
– राससबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.