मास्क नलाउनेलाई भारतमा ५ हजार रुपैयाँ जरिवाना - Crazysaptahik.com

मास्क नलाउनेलाई भारतमा ५ हजार रुपैयाँ जरिवाना

क्रेजी साप्ताहिक

भारतको केरला राज्यमा अवस्थित बयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिन्डुल गर्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

केरलाको बयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका छन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् ।

त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ । पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ ।

केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।

–रासस

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.