मोहन तुम्बापोको नेतृत्वमा एमालेको कमिटी घोषणा - Crazysaptahik.com

मोहन तुम्बापोको नेतृत्वमा एमालेको कमिटी घोषणा

क्रेजी संवाददाता
पथरी शनिश्चरे । नेकपा (एमाले) मोरङको पथरी शनिश्चरे नगर कमिटीले चैत्र १४ गते १ सय ९१ सदस्यीय कमिटीको घोषणा गर्नुका साथै जिम्मेवार सबैको नाम सार्वजनिक गरेको छ ।

सार्वजनिक समारोहमा पुग्नअघि रत्नचौकमा अवस्थित सहिद रत्नकुमार वान्तवा स्मृति भवनसँग परस्पर सम्झौता सम्पन्न गरेर नेकपा (एमाले), पथरी शनिश्चरे नगर कमिटीले आफ्नो कार्यालय सञ्चालनको ब्यानर अनावरण गरेको थियो । ब्यानर अनावरणपछि नेकपा –एमाले केन्द्रीय कमिटी सदस्यद्वय शेरबहादुर तामाङ र विनोद ढकालले सम्बोधन गरेका थिए । प्रमुख अतिथिका रूपमा आमन्त्रित केन्द्रीय सदस्य एवं सिन्धुपाल्चौक जिल्लाबाट निर्वाचित संघीय संसद शेरबहादुर तामाङले जननेता मदनकुमार भण्डारीले संगठन गरेको यो भूमिमा उभिन पाउँदा आफूलाई तीर्थ गएझैं भएको बताए ।

सार्वजनिक गरिएको सो कमिटी र सम्पूर्ण नेतृत्वलाई बधाई तथा शुभकामना सम्प्रेषण गर्ने क्रममा कार्यक्रमलाई सारगर्भित ढंगले सम्बोधन गर्दै जिल्लामा स्थापित युवा नेता विनोद ढकालले आफूहरूले कसैलाई कहिल्यै पनि निषेध र उपेक्षा नगरेकोले विगतमा यहीं पार्टी ब्यानरमुनि उभिएर एउटा हैसियत बनाएका संविधानसभा सदस्य चण्डीप्रसाद राईं, मेयर दिलिपकुमार राईंलगायत यहाँको आन्दोलन निर्माण र विकासमा योगदान गरेका सबैलाई रूपान्तरिक नेकपा (एमाले) को राजनीतिक बैचारिक ब्यानरमा आउन सार्वजनिक रूपमा अपिल गरे ।

पार्टी प्रदेश कमिटी सदस्य रामकुमार बस्नेतद्वारा सार्वजनिक गरिएको कमिटीमा क्रमशः मोहनकुमार तुम्बापो, रमेश दाहाल, उमनाथ अधिकारी, भीमकुमार राई, सुरेशकुमार कार्की, देवीप्रसाद प्रसाईं, जयराम बिष्ट, गणेश बुढाथोकी, कुलमाया भण्डारी, सञ्जीव गिरी, अर्जुन श्रेष्ठ, बौद्धबहादुर कार्की, तुलसी ढकाल, साजन धिमाल, दुर्गा सुवेदी दंगाल, गोमा बुढाथोकी, रोशन बुढाथोकी, कुलमणि गुरूङ, मणि लुम्फुवा लिम्बु, हरिराज प्याकुरेल, झञ्चलाल लिम्बु, प्रेम पराजुली, भक्त राईं, सन्त गहतराज, नरेश घतानी, गणेश श्रेष्ठ, रोमान्शी धिमाल, भीम रसाइली, निलम बस्नेत, निर्मल साम्बा, रोशन थक्लुङ, सुनील खत्री, राजेन्द्र तिम्सिना, रोहित पराईं, सुरेश न्यौपाने, हरि विश्वकर्मा, राम कार्की, रूद्रकुमारी गिरी, चन्द्रप्रसाद ढकाल, दुर्गादेवी तिम्सिना, मुना राईं, प्रकाश थापा, बसन्धरा गुरूङ, सन्दीप बराल, प्रकाश भण्डारी, अटल भण्डारी, सुनिता दाहाल, इन्दिरा सुन्दास, सन्तोष राईं, रोहित सुब्बा, अरूणा राईं, आइतकुमारी राईं, अम्बिका सुब्बा, कमलनीधि घिमिरे, मोहन सापकोटा, नवीनकिशोर सुवेदी, चन्द्रकुमार राईं, उमकान्त न्यौपाने, नेत्रप्रसाद दाहाल, चन्द्रकान्त खनाल, नैना राईं, राजेन्द्र विश्वकर्मा, सीता भुसाल, मेघराज चापागाईं, पर्शुराम न्यौपाने, अग्नी गुरूङ, विष्णु तिम्सिना, खिलनाथ घिमिरे, रूकमणि बजगाईं, ज्ञानेन्द्र अधिकारी, घनश्याम अधिकारी, नरहरि बराल, अर्जुन खत्री, गणेश बाछाना राईं, भला रेग्मी, टंक पोखरेल, मायामेधी गुरूङ, गिरिराज पोखरेल, देवीप्रसाद भट्टराई, लय सिटौला, सनम चौहान, विष्णुलाल गौतम, केदार ढुङ्गेल, हर्कबहादुर लिम्बु, चन्द्रकुमार थेगिम, प्रेमप्रसाद न्यौपाने, डिकबहादुर बस्नेत, डिल्लीप्रसाद पोखरेल, रञ्जीत बान्तवा, मीना विश्वकर्मा, ज्ञानबहादुर विष्ट, बिमला तामाङ, कृष्णप्रसाद घिमिरे, गणेश विष्ट, तिलक धिमाल, दीपक निरौला, कृष्ण थापा, सीता खड्का, सागर मगर, शरण राईं, विष्णुप्रसाद अधिकारी, विनय तिम्सिना, भवानी बास्तोला, भीमप्रसाद गिरी, गोपाल पोखरेल, ईश्वरीप्रसाद अधिकारी, गणेश धिमाल, बालकृष्ण राजवंशी, जीवन राईं, मिश्रादेवी तामाङ, बसन्ती लिम्बु, गोपाल लुइटेल, पदम धिमाल, निर्मल कटुवाल, दुर्गादेवी आचार्य, सूर्यप्रसाद शर्मा फुयाल, जगन्नाथ भण्डारी, बिन्दु उराव, कपिलमणि ढकाल, उद्धवराज बस्नेत, कुमारी रोक्का, बिर्खबहादुर मगर, काशीहाङ राईं, दुर्गा तामाङ, मैनाकुमारी राईं लिम्बु, मनोज भट्टराईं, रोशन गुरूङ, श्याम बस्नेत, भीम बस्नेत, लक्ष्मी नेपाल, सपना राईं, थर्कराज जिमी, प्रकाशबहादुर कार्की, बाबुराम चौधरी, नारायण पाण्डे, नवीनजंग कार्की, निलकण्ठ सुवेदी, गीता विश्वकर्मा, कुलबहादुर विष्ठ, दिपेन लिम्बु, मैया राईं, इन्दिरा विश्वकर्मा, कृष्णभक्त खतिवडा, कुरूक्षेत्र नेपाल, देवेन्द्र वनेम लिम्बु, थानेश्वर भट्टराईं, जानुका आचार्य, इन्द्रावति गुरूङ, चन्द्रकला कार्की, मदन अधिकारी, फणिन्द्र कार्की, खगेन्द्र सिटौला, लक्ष्मी फुयाल, सूर्य भण्डारी, गोपाल मगर, होमनाथ घिमिरे, मुकुन्द पौडेल, अमर राईं, कृष्ण अधिकारी, रमादेवी रिमाल, देवीमाया थापा, अनोज घिमिरे, बिन्दादेवी राईं, शोभा ग्लान, अम्बिका सिग्देल, मञ्जरी घिमिरे, प्रेम पोमु, जीवन कटुवाल, हरिप्रसाद सुवेदी, मिनाक्षी तामाङ, उपेन्द्र कँडेल, पर्वत थापा, सञ्जय राईं, कमला श्रेष्ठ, गर्जमान राईं, युद्धप्रसाद सापकोटा, दिलबहादुर कार्की, किशोर खड्का, यशोदा गौतम, नवीन उप्रेती, लक्ष्मण गुरागाईं, दिवस खजुम, गौतम चाम्लिङ, नवीन ढकाल र प्रेम खड्का रहेका छन् ।

सो कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य युवराज बास्कोटा, जिल्ला नेतृत्व क्रमशः ताराबहादुर काफ्ले, पार्थबहादुर बुढाथोकी, जीवन खतिवडा, भगतचन्द्र थपलिया, पर्शुराम मिश्र, भोलाप्रसाद अधिकारी, विजय डाँगी, रूपेश खतिवडा, रवीन थापा, देवीमाया काफ्ले, पर्शुराम कटुवाल, अर्जुन क्षेत्री, उपप्रमुख यमुना विष्ट, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष नवीन पौडेल, वडा अध्यक्षहरू बाबुराम ऐङदेन, यामप्रसाद गुरागाईं, कपिलमणि ढकाल र किसान नेता भद्रमान विश्वकर्माको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.