च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी - Crazysaptahik.com

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलल लिभरपुलमाथि सहज जित हात पारेको हो । भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे । अर्को खेलमा सिटीले घरेलु मैदानमा जित हात पारेको हो । सिटीको जितमा भिन डे ब्रुएनाले १९औं र फिल फोडेनले ९०औं मिनेटमा गोल गरे । डर्टमण्डका मार्को रिउसले ८४औं मिनेटमा गोल गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.