फोडेनको गोलमा सिटीलाई राहत - Crazysaptahik.com

फोडेनको गोलमा सिटीलाई राहत

खेलको अन्त्यतिर फिल फोडेनले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराएको छ ।

९० औँ मिनेटमा केभिड डि ब्रुयनाको मिडफिल्डबाट उपलब्ध गराएको उत्कृष्ट क्रसलाई इल्के गुुन्डोगानले टच गरेर फिल फोडेनलाई ब्याक पास दिए । त्यसैलाई फोडेनले गोलमा परिणत गरे । यससँगै इतिहाद रंगशालामा घरेलु टोलीले राहतको सास फे¥;यो ।

त्यसअघि ब्रुयना कै गोलमार्फत १९ औं मिनेटमा सिटीले खेलमा अग्रता लिएको थियो । तर ८४ औं मिनेटमा इर्लिङ ब्रुट हल्यान्डको पासमा कप्तान मार्को रुएसले बराबरी गोल फर्काएपछि इतिहाद रंगशालामा अन्तिम केही मिनेट सन्नाटा छाएको थियो ।

यस अवधिमा पेप गार्डीओलाको प्रशिक्षणमा रहेको घरेलु टोली निकै दबाबमा देखिन्थ्यों । डर्टमन्ड र सिटीबीच अर्को लेग खेल आगामी साता डर्टमन्डको गृहमैदानमा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.