आईपीएल प्रिभ्यू :  मुम्बई र कोलकाता आज भिड्दै - Crazysaptahik.com

आईपीएल प्रिभ्यू :  मुम्बई र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ ।

कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् ।

उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स बैंग्लुरुले २ विकेटले हराएको थियो ।

हेड टु हेड रेकर्डमा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । यसमध्ये मुम्बईले २१ वटामा जीत हासिल गरेको छ भने कोलकाताले मात्र ६ वटा खेल जितेको छ ।

साबिक विजेता मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले २ पटक उपाधि जितेको छ । यद्यपि, पछिल्ला दुई सिजन टोली प्लेअफमा पुग्न सकेको छैन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.