रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा - Crazysaptahik.com

रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसग गोलरहित बराबरी खेले पनि समग्रमा ३–१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३–१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो लेग गोलरहित बराबरीमा सकियो ।सर्वाधिक १३ पटकको च्याम्पियन रियलले अब फाइनल पुग्न अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी पोर्टोलाई हराउँदै सेमिफाइनल पुगिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.