एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च–सर्बियन खेलाडी गोरन जेर्भिक - Crazysaptahik.com

एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च–सर्बियन खेलाडी गोरन जेर्भिक

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले युरोपियन खेलाडीलाई भित्र्याएको छ।

चितवनले फ्रेन्च–सर्बियन खेलाडी गोरन जेर्भिकलाई अनुबन्ध गरेको छ । गोरनलाई नेपालमा स्वागत गरेको फोटो चितवनले आफ्नो सामाजिक सञ्जालमा राखेको छ।

यसअघि नै चितवनले इजिप्टका दुई खेलाडी अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरिसकेको छ । एनएसएलका लागि फ्रेन्चाइजले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जस अनुसार चितवनले इजिप्टका दुई र युरोपका एक खेलाडी ल्याएको हो ।

राष्ट्रिय टिमका फरवार्ड भरत खवास मार्की खेलाडी रहेका चितवनको प्रशिक्षकमा मेघराज केसी छन् । यसअघि नै पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले ३–३ अफ्रिकन खेलाडी अनुबन्ध गरिसकेको छ ।

ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसीले पनि युरोपियन खेलाडी भित्र्याइसकेको छ । जेठ १ सम्म दशरथ रंगशालमा आयोजना हुने पहिलो संकरणको एनएसएलमन ७ फ्रेन्चाइज टिमले सिंगल राउण्डरोविन लिगको आधारमा खेल्नेछ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.