आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल - Crazysaptahik.com

आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल

पथरी शनिश्चरे,  मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ ।

हेफरका १ नम्बर प्रदेशका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल सहितले हेफरको महिला शसक्तिकरण तथा जिविकोपार्जन कार्यक्रमका साथै हाल नेपाल सरकारका साथै पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा जानकारी गराउनु भयो ।

हेफरको २५ प्रतिशत र पालिकाको ७५ प्रतिशतको साझेदारी मोडेलमा विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन थालिएको जनाउँदै यसको समुदायमा पर्ने प्रभावका बारेमा जानकारी गराइएको छ ।

सो कार्यक्रमको अध्यक्षका रुपमा रहनु भएका नगर प्रमुख दिलीपकुमार राईले नगरपालिकाले यसबारे छलफल गर्ने बताउनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख र यस अघि हेफरले खडा गरेको चौतारी समूहका सदस्यहरु सहभागि थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.