चेन्नईसामु निरीह बन्यो राजस्थान रोयल्स, ४५ रनले पराजित - Crazysaptahik.com

चेन्नईसामु निरीह बन्यो राजस्थान रोयल्स, ४५ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्समाथि ४५ रनको जित हासिल गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको छ ।

जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ ।

१८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि प्रारम्भिक ब्याट्सम्यान मनन बोहरा र जोस बटलरले औसत सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् ।​

राजस्थानका लागि बटलरले सर्वाधिक ४९ रन बनाए भने जयदेव उनादकटले २४, राहुल तेवटियाले २०, शिवम दुवेले १७ र मनन बोहराले १४ रन बनाए ।

राजस्थानका ब्याट्सम्यानलाई सस्तोमै समेट्न चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने रविन्द्र जडेजा र साम करनले दुई\दुई, शार्दुल ठाकुर र ड्वेन ब्राभोले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए ।

यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए । चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।

राजस्थानका लागि चेतन सकरियाले ३ विकेट लिए भने क्रिस मोरिसले २, मुस्तफिजुर रहमान र राहुल तेबटियाले एक\एक विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.