त्रिकोणात्मक सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया खेल्दै - Crazysaptahik.com

त्रिकोणात्मक सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया खेल्दै

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी–यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२ः१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ ।

मलेसिया लगातार हारपछि अंकविहिन छ । ३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ। मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनल पुग्नेछ ।

यस नतिजाले नपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ। मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्न सकेन मलेसियाको पनि फाइनल पुग्ने सम्भावना सम्भावना कायम रहन्छ ।

तर त्यसका लागि मलेसियाले नेदरल्याण्ड्स र नेपाल दुवैला२ फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.