४ क्याच लिएपछि जडेजाले गरे यस्तो इशारा, एक हातले छक्का प्रहार गर्न खोज्दा धोनी आउट - Crazysaptahik.com

४ क्याच लिएपछि जडेजाले गरे यस्तो इशारा, एक हातले छक्का प्रहार गर्न खोज्दा धोनी आउट

इन्डियन ।  प्रिमियिर लिगअन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई ४५ रनले हराएको छ । पहिले ब्याटिङ गरेको चेन्नईले १ सय ८८ रन जोडेको थियो ।

उसका लागि फाप डुु प्लेसीले ३३, अम्बाती रायडुले २७, मोइन अलीले २६ र सुरेश रैनाले १८ रन बनाएका थिए । राजस्थान १ सय ४३ रनमै समेटियो ।

चेन्नईका जोस बट्लरले ४९ रन बनाउनुुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन । चेन्नईका स्पिनरहरु मोइन अलीले ३ र रविद्र जडेजाले २ विकेट लिए ।

यस खेलमा जडेजाले ४ क्याच पनि लिए । उनले मनन बोहरा, रियान पराग, क्रिस मोरि र जयदेव उनादकटलाई क्याचआउट गरे । क्याच लिएपछि जडेजाले समर्थकहरुतर्फ कल मीको इशारा गरेर खुसी मनाएका थिए ।

यता, चेन्नईका लागि २ सयौं खेल खेलिरहेका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन भने उल्लेख्य रहेन । उनले १७ बलमा १८ रनमात्रै बनाउन सके । एक हातले छक्का लगाउने चक्करमा धोनीले आफ्नो विकेट गुमाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.