डेब्युपछि लगातार तेस्रो अर्धशतकसहित कुशलले बनाए विश्व कीर्तिमान - Crazysaptahik.com

डेब्युपछि लगातार तेस्रो अर्धशतकसहित कुशलले बनाए विश्व कीर्तिमान

नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् ।

कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.