अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स - Crazysaptahik.com

अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।

चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् ।

परिणामस्वरुप मुम्बईले औसत योगफलमै चित्त बुझाउनु  । मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।

मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए ।

यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए । अंक तालिकामा दिल्ली क्यापिटल्स तेस्रो र मुम्बई इन्डियन्स चौथो नम्बरमा छ ।  वैले तीन खेलमा दुई जित र एक पराजय ब्यहोरेका छन् ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.