इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा - Crazysaptahik.com

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ ।

समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो ।

यता, रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए । यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्रमण बुन्न सकेन ।

चेल्सीले गोलका लागि ७ पटक प्रहार गर्दा ब्राइटनले ११ पटक प्रयास गरेको थियो । बराबरीपछि ३४ अंक बटुुलेको ब्राइटन १६ औं स्थानमा छ ।

अन्तिम ६ खेल खेल्न बाँकी छँदा रेलिगेसन जोनमा रहेको फुुलह्यामभन्दा ब्राइटन ७ अंकले अघि छ । प्रिमियर लिगमा १८, १९ र २० औं नम्बरमा पर्ने टोली रेलिगेसनमा पर्छन् ।

अहिले अठारौं रहेको फुलह्यामको २७, उन्नाइसौं नम्बरको वेस्टब्रोमको २४ र बीसौं नम्बरको सेफिल्ड युनाइटेडको १४ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.