मेसीको दुई गोलमा बार्सिलोना विजयी - Crazysaptahik.com

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ । मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए ।

तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे ।

३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो । गेटाफेबाट ६९ मिनेटमा पेनाल्टीमार्फत इन्स नालले गोल फर्काएका थिए ।

तर, ८७ औं मिनेटमा रोनाल्ड अरुजो र इन्जुरी समयमा एन्टोनिया ग्रिजम्यानले एक एक गोल गर्दै बार्सालाई ५–२ को जीत दिलाए ।

जीतसँगै बार्साले ३१ खेलबाट ६८ अंक जोडेको छ । समान ३२ खेलबाट ७३ र ७० अंंक जोड्दै एथलेटिको म्याड्रिड र रियल म्याड्रिड क्रमश पहिलो र दोस्रो स्थानमा छन् । चौथो स्थानको सेभियाले ३२ खेलबाट ६७ अंक बटुलेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.