पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन - Crazysaptahik.com

पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको एकसाथ उद्घाटन भएको छ ।

आज नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले वडा कार्यालय र स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि रहनुभएका राईले सम्बोधन गर्दै जग्गा दातालाई धन्यवाद सहित सम्पूर्ण वडावासीलाई बधाइ दिनुभयो । वडा कार्यालय र स्वास्थ्य भवन निर्माण गर्नका लागि स्थानीय मिलन राई र उनको परिवारले जग्गा उपलब्ध गराएका हुन् । राई परिवारले ४ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएका हुन् । त्यसताका ४ लाख कठ्ठा हाराहरी पर्ने जग्गा राई परिवारले निःशुल्क उपलब्ध गराएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो, वडा नं. २ का अध्यक्ष याम प्रसाद गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभयो । उक्त कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो, शनिश्चरे गाविसका पूर्व अध्यक्ष मोहन कुमार न्यौपाने, पूर्व प्रधानपञ्च जहरमान लिम्बु, वडा र स्वास्थ्यको भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता मिलन राई सहित परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कृषक, सहकारी, उपभोक्ता समिति, विद्यालय लगायतलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा जेष्ट नागिरकलाई सम्मान गर्नुका साथै दलित लक्षित वर्गको कार्यक्रम अन्तर्गत झुल वितरण गरिएको थियो । नगरका ५ वटा वडाहरु मध्ये ९ नंं. वडा कार्यालय उद्घाटन भइसकेको छ । ७ नं. वडा कार्यालय पनि उद्घाटन भएपछि अब वडा नं. २, ३ र ८ नं. वडा कार्यालय उद्घाटन गर्न बाँकी रहेका छन् । वडा नं. ८ ले कार्यालय उद्घाटनको तयारी गरिरहेको छ भने अन्य २ वटा वडाहरू जेष्ठ महिना भित्रमा उद्घाटन गर्ने तयारीमा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.