
१० खेलाडीमा सिमित बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई हराउँदै शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । स्टार खेलाडी अर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि डर्टमण्ड खेलमा विजयी बनेको हो ।
खेलको १२ औँ मिनेटमा हालान्डले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डर्टमन्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमा नै जुड बलिङहम आफ्नो करियरमा पहिलो पटक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि डर्टमण्ड १० खेलाडीमा सिमिति बन्यो ।
यद्यपि, हालान्डले सिजनको २५ औँ गोल गर्दै डर्टमण्डको जीत सुनिश्चित गरे । योसँगै उनले घरेलु मैदानबाहिर १६ गोल पनि गरेका छन् ।
उनले क्लबका लागि पीएरे एमरिक आउबामियाङले सन् २०१६–१७ सिजनमा बनाएको कीर्तिमान तोडेका छन् । डर्टमण्ड ५५ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।


