लेस्टरको पुनरागमन जित - Crazysaptahik.com

लेस्टरको पुनरागमन जित

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित हात पारेको छ । सोमबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेष्टरले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो ।

लेष्टरको मैदानमा भएको खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त अग्रता कायम रहे पनि दोस्रो हाफमा लेस्टरले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याए । ८०औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २–१ को जित दिलाए ।

जितपछि ३३ खेलबाट ६२ अंक जोडेको लेस्टर शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना मजबुत बनाएको छ ।

समान खेलबाट ७७ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने म्यानचेष्टर युनाइटेड ६७ अंकसहित दोस्रो स्थानमा छ । क्रिस्टल प्यालेस ३८ अंकसहित १३औं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.