
इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३–० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ ।
अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई सिरो इम्ङ्गवबाइले एक गोल गरे ।
कोरेअले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । १ औं मिनेटमा कोरेअले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे ।
८७ औं मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई ३–० को सहज जित दिलाए । जितपछि ३२ खेलबाट ६१ अंक रहेको लाजियो छैटौं स्थानमा छ ।
उता हारपछि ३३ खेलबाट ६६ अंक रहेको मिलान नापोली र युभेन्ट्ससँग गोलअन्तरमा पछि पर्दै पाँचौ स्थानमा झरेको हो ।
मिलानको हारले शीर्ष स्थानको इन्टरको उपाधि यात्रा अझ सहज बन्दैछ । ३३ खेलबाट ७९ अंकसहित इन्टर शीर्ष स्थानमा छ ।
बोलोग्नालाई ५–० ले पराजित गर्दै एटलान्टा दोस्रो स्थानमा उक्लेको छ । ३३ खेलबाट बोलोग्नाको ६८ अंक छ ।
एटलान्टाका लागि रुस्लान मालिनोभ्स्की, रेमो प्रेउलर, डुभान जापाट्टा र अलेक्से मिरानचुकले एक–एक गोल गरे ।
यस्तै अर्को खेलमा नापोलीले टोरिनोलाई २–० ले हरायो । नापोलीका लागि टिमोउ बाकायोको र भिक्टोर ओसिमहेनले एक–एक गोल गरे ।
तीन टोलीको समान ६६ अंक रहेपनि गोलअन्तरका आधारमा नापली रहँदै तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्स चौथो स्थानमा छ ।


