प्रिमियर लिगको तेस्रो स्थानमा लेस्टरको पकड बलियो - Crazysaptahik.com

प्रिमियर लिगको तेस्रो स्थानमा लेस्टरको पकड बलियो

इंलिस क्लब लेस्टर सिटीले च्याम्पियन्स लिगमा छनोट हुने संभावना बलियो बनाएको छ । क्रिस्टल प्यालेसविरुद्ध २–१ को जित हात पादै लेस्टरले प्रिमियर लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको हो ।

विल्फ्रेड जाहा १२ औं मिनेटमा गोल गर्दा क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो ।लेस्टरबाट ५० औं मिनेटमा टिमोथी कास्टग्नेले बराबरी गोल फर्काए भने केलेची इहानाचो ८० औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै लेस्टरले चौथो स्थानको चेल्सीसँगको अंकदूरीलाई ४ अंकमा लम्ब्यायो । प्रिमियर लिगमा सबै टोलीहरुले अन्तिम ५ खेल खेल्न बाँकी छ ।

यस्तोमा ७७ अंकसहित म्यानचेस्टर सिटी पहिलो, ६७ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो, ६२ अंकसहित लेस्टर तेस्रो, ५८ अंकसहित चेल्सी चौथो, ५५ अंकसहित वेस्टह्याम पाँचौ, ५४ अंकसहित लिभरपुल छैटौं, ५३ अंकसहित टोट्टेनह्याम सातौं र ५२ अंकसहित एभर्टन आठौँ स्थानमा छन् ।

शीर्ष चार स्थानमा रहेर लिग टुंग्याउने टोली आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.