पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित - Crazysaptahik.com

पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित

इटालियन सिरिए फुटबल प्रतियोगितामा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ ।

यस हारपछि मिलान पाँचौ स्थानमै सिमित भयो । लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे ।

३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक पुगिसकेको छ । दोस्रो स्थानमा ६८ अंकसहित एटलान्टा छ ।

तेस्रो स्थानको नपोली, चौथो स्थानको युभेन्टस् र पाँचौ स्थानको मिलानको समान ६६ अंक छ । यदी, लाजियोविरुद्ध जित निकाल्न सकेको भए मिलान सोझै दोस्रो स्थानमा पुग्ने थियो ।

मिलानविरुद्ध हासिल गरेको जितपछि लाजियोको ६१ अंक पुुगेको छ । सिरिएअन्तर्गत सातौं स्थानको एएस रोमाको ५५ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.