च्याम्पियन्स लिगमा रियल र चेल्सीबीच बराबरी - Crazysaptahik.com

च्याम्पियन्स लिगमा रियल र चेल्सीबीच बराबरी

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा भएको खेलको १४ औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीलाई अग्रता दिलाएका थिए ।

करिम बेन्जामाले घरेलु टोलीबाट २९ मिनेटमा बराबरी गोल फर्काए । दुई टोलीबीचको लेग खेल आगामी साता लण्डनस्थित चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा हुनेछ । च्याम्पियन्स लिग आज दोस्रो सेमफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माऊनबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.