
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिता’को विजेता पथरी शनिश्चरेको टिमलाई बधाई ज्ञापन गरेको छ ।
कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कार्यालयको आयोजनामा बैशाख १४ मा सम्पन्न फुटबल प्रतियोगिताको विजेता टिमलाई प्रोत्साहन स्वरुप नगद ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । साथै उहाँले नगरको खेलकुदको विकासमा नगरले सधैं साथ दिएर सहयोग पु¥याइरहने बताउनु भयो ।
फुटबल टिमका अगुवा नेपाली राष्ट्रिय खेलाडी दीपक राई सहितले नगर प्रमुख राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले सहितलाई विजेता कप हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा पथरी शनिश्चरेको टिमले नगद ३ लाख र आकर्षक कप हात पारेको छ ।

