
क्रेजी संवाददाता
पथरी । यही वैशाख १० गतेदेखि संन्चालनमा आएको आभासीय नाट्य कार्यशालाको अवलोकन भएको छ ।
कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने आभासीय नाट्य कार्यशाला सञ्चालन गरिएको हो ।
वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित आभासीय कार्यशालामा हिजो नगर उपपमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले कार्यशालामा तयार नाटकको अवलोकन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यशालाको अवलोकनको क्रममा सहभागीहरुको अभिनय हेरे पछि भाबुक हुदै उपप्रमुख बिष्टले भन्नु भयो, नाटकमा देखाईएको कथाले समाजको यथार्त चित्रण बोकेको छ ।
यस्तो प्रकारका घटनाहरु समाजमानै दबिएर बसेका छन् । नाटकको माध्यमबाट समाजमा दबिएका र पछाडि पारिएका आवाजहरुलाई उठाउनु पर्ने कुरामा जोड दिनुभयो ।
नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरको संयोजनमा बैशाख १९ सम्मका लागि नगरस्तरीय कार्यशाला सञ्चालनमा छ ।
कार्यशालामा गोपाल अर्याल र जीवन बरालले सहजीकरण गरिरहनु भएको छ, भने कार्यशालाको ब्यवस्थापकिय पाटो थिएटर तथा कला साहित्य प्रवर्धन समितिका सचिव सरोज तिम्सीनाले गरिरहनुभएको छ ।

