अन्तर पालिका स्तरीय अध्यक्ष कप : लेटाङ फाइनलमा प्रवेश - Crazysaptahik.com

अन्तर पालिका स्तरीय अध्यक्ष कप : लेटाङ फाइनलमा प्रवेश

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरीमा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ नगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफानल खेलमा लेटाङले इटहरी उपमहानगरपालिकाई २–४ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । जितसँगै लेटाङले आइतबार हुने फाइनल खेलका लागि बेलबारीसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफको २० औं मिनेटमा लेटाङका आयुस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको ३३ औं मिनेटमा लेटाङकै लागि धु्रव वि.क.ले दोस्रो गोल गरे ।

यसैगरी खेलको दोस्रो हाफको ४२ औं मिनेटमा लेटाङका आयुस लिम्बुले पुनः तेस्रो गोल गरे । खेलको ६० औं मिनेटमा लेटाङकै अनुप मगरले चौथो गोल गरेका थिए । यस्तै इटहरीका तर्फबाट सुसन तामाङले दोस्रो हाफको ४४ औं मिनेटमा १ र खेलको अतिरिक्त समयमा १ गोल गरी खेललाई ४–२ बनाएका थिए ।

खेलको म्यान अफ दी म्याच लेटाङका उत्कृष्ट खेल प्रदर्शन गरेका आयुस लिम्बु घोषित भए । आज भेट्रान खेल हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले जानकारी दिए ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.