रेडस्टारको वार्षिकोत्सव तथा अन्तराष्ट्रिय स्कुल अवार्ड बधाई तथा शुभकामना - Crazysaptahik.com

रेडस्टारको वार्षिकोत्सव तथा अन्तराष्ट्रिय स्कुल अवार्ड बधाई तथा शुभकामना

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार माविको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय स्कुल अवार्डको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विद्यालयमा हातामा भएको सो कार्यक्रममा विद्यालय निर्देशक/प्रिन्सिपल टि.एन. तिम्सिना (टेकनाथ)को सभापतित्व र नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै बिशिष्ट अतिथि उपप्रमुख यमुना बिष्ट बास्तोला, नगरका शिक्षा प्रमुख शालीग्राम काफ्ले, नेपाल शिक्षक महासंघ नगरका अध्यक्ष अर्जुन कुमार बुढाथोकी, प्याव्सन केन्द्रीय कमिटी सदस्य केदार खनाल, बोधराज सिग्देल लगायत रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दिलिप कुमार राईले भन्नुभो– ‘रेडस्टारले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हृदयबाट नै बधाई भन्न चाहन्छु, अझ विद्यालयको उन्नति प्रगति अझ बढेर जाओस् शुभकामना दिन चाहन्छु ।’

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न विद्यालयका तर्फबाट अहोरात्र खट्ने शिक्षक/ शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सह–प्रधानाध्यापक वसन्त मादेन, विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य कक्षा–८ कि छात्रा पियंका गुरुङ, स्वागत नृत्य कक्षा–६, ७, ८ र ९ बाट ‘पूर्वको माया पश्चिमलाई…’बोल गीतबाट गरिएको थियो । यसैगरी कक्षा–२, ३ र ४ को तर्फबाट स्वागत नृत्य ‘जाग लम्क चम्क है नौजवान हो …’ बोलको गीतमा गरेका थिए ।

उपस्थित अतिथि र अभिभावकहरुलाई मनोरञ्जन प्रदान गर्न विद्यालयका तर्फबाट कक्षा–४ मा अध्ययनरत विद्यार्थी नाटक प्रस्तुत गरेका थिए । यस्तै कक्षा–५, ६, ७, ८ र ९ का विद्यार्थीहरुले ‘आमा नहुँदा एक साँझ’ शीर्षकको नाटक प्रस्तुत गरे ।

सो अवसरमा अवसरमा कक्षा नर्सरी देखि ९ सम्मका विभिन्न तहगत परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न विधामा पुरस्कृत भएको विद्यार्थीहरूलाई प्रमाण–पत्र सहित सम्मान प्रकट गरिएको थियो ।

साना–साना नानीबाबुहरू तथा आधारभूत तहका विद्यार्थीले विभिन्न ¥याम्सहरुमा नृत्य प्रस्तुत गर्नुका साथै सन्देशमूलक नाटकहरू प्रदर्शन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.