रियलको जितमा बेन्जेमाको दुई गोल - Crazysaptahik.com

रियलको जितमा बेन्जेमाको दुई गोल

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । करिम बेन्जेमाको दुई गोलको सहयोगमा लिडर रियल मड्रिडले सेल्टा भिगोमाथि २–१ गोलको जित निकालेको हो ।सेल्टाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे ।

उता सेल्टाका लागि नोलिटोले एक गोल फर्काए । खेलको १९औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा सेल्टाका लागि नोलिटोले बराबरी गोल फर्काए  ।

६९औँ मिनेटमा बेन्जेमाले रियलका लागि पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको रियलको ३० खेलबाट ६९ अङ्क जोडेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई १२ अङ्कले पछि पारेको छ । पराजित सेल्टा ३६ अङ्क जोडेर ११औँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.