युनाइटेड बराबरीमा रोकियो - Crazysaptahik.com

युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे । खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन ।

फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै युनाइटेडले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । लिगमा ३० खेल खेलेको युनाइटेड ५१ अंक सहित तालिकाको छैटौं स्थानमा छ । यता २८ खेल खेलेको लेस्टर ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.