लेटाङलाई अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधि - Crazysaptahik.com

लेटाङलाई अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधि

सन्तोष राई
कानेपोखरी । अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधि लेटाङ नगरपालिकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा बेलबारी नगरपालिकालाई २–० ले हराउँदै लेटाङ विजयी भएको हो ।

कानेपोखरीको जहदा खेल मैदानमा भएको खेलमा ४३ औं मिनेटमा अनुप मगरले लेटाङका लागि पहिलो गोल गरे । ५८ औं मिनेटमा सागर विकले अग्रतालाई दोब्बर बनाउँदै लेटाङको जित निश्चित गरे ।

जितसँगै लेटाङले ट्रफी, मेडल सहित नगद १ लाख नगद रुपैयाँ हात पारेको छ भने उपविजेता बेलबारीले ट्रफी, मेडल सहित नगद ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रथम पुरस्कार समापन समारोहका प्रमुख अतिथि एवं पालिका अध्यक्ष ताराबहादुर काफ्ले र बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा हस्तान्तरण गरे भने दोस्रो पुरस्कार लेटाङ नगरपालिका प्रमुख शंकर राईले हस्तान्तरण गरेका थिए ।

यस्तैगरी विधागततर्फ बेस्ट डिफेन्स लेटाङका राजु मगर, मिडफिल्डर बेलवारीका भक्त भण्डारी, फरवार्ड लेटाङका सागर बिक , गोलकिपर बेलबारीका सन्तोष दनुवार, कोच लेटाङका इन्द्र राई र हाइस्कोरर लेटाङका खेलाडीद्वय आयुष लिम्बु र अनुप मगरलेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे भने खेलको सर्वोउत्कृष्ट खेलाडी बेलवारीका पारस खत्री घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे ।

राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा खेलकुदबाट ख्याति कमाउन सफल बलबहादुर गुरुङ, डेनिम राई, सन्दिप सुनार, मणिकुमार राई, गंगा गुरुङ, जमुना गुरुङ र महिला खेलाडी दिपा अधिकारीलाई आयोजक कानेपोखरी खेलकुद परिषद्ले सम्मान ग¥यो ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषद्ले गरेको हो भने मुख्य सहयोग कानेपोखरी गाउँपालिकाको रहेको थियो । प्रतियोगिता चैत्र १३ गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित खवर