आईपीएल : कोलकाताले मुम्बईलाई हरायो - Crazysaptahik.com

आईपीएल : कोलकाताले मुम्बईलाई हरायो

मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकाता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

कोलकाताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकाताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

जितसँगै कोलकाताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.