बायर्न भिल्लारियलसँग पराजित - Crazysaptahik.com

बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे ।

उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे । जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो ।

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.