आईपीएल : लखनउ र दिल्ली भिड्दै - Crazysaptahik.com

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । यता लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेले खेलेको लखनउले दुई खेलमा जित निकालेको छ ।

दिल्ली २ खेलमा २ अंक जोडेको दिल्ली तालिकाको सातौं स्थानमा छ । यता लिगमा तीन खेल खेलेको लखनउ ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । आजको खेलमा जित निकाले लखनउ तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । यता दिल्ली पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.